सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक | Khabarhub Khabarhub

सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान-  इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।

राष्ट्रिय प्रतिरक्षा उद्योग दिवसको अवसरमा बिहीबार बिहान उक्त हतियार सार्वजनिक सार्वजनिक गरिएको हो ।

सरकारी टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताएका थिए ।

व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताए ।

बग्दादको नजिक जनरल सुलेमानीसँगै मारिएका इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको छ ।

कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको रक्षामनत्रीले बताए । उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरेको थिए ।

“इरानी हतियारहरू सजिलै पुनः उत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ ।” राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भने ।

राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रामणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको छ र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पुर्‍याउने लक्ष्य नराखेको राष्ट्रपति रौहानीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ५० बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको