काठमाडौंमा निषेध आदेशपछि नागढुंगामा देखिएको दृश्य | Khabarhub Khabarhub

काठमाडौंमा निषेध आदेशपछि नागढुंगामा देखिएको दृश्य


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेसँगै उपत्यका प्रवेश गर्ने नाकामा चेक जाँच कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पनि सुरक्षा जाँच कडा पारिएको र मालबाहक सवारी साधन प्रवेशमा कडाइ गरिएको पाइएको छ ।

अत्यावश्यक बाहेकका सवारीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । ती सवारीलाई आएको क्षेत्रतर्फनै पठाइएको छ । केही सवारीलाई नागढुंगा क्षेत्रमै राखिएको छ । खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश दिइएको छ ।

काठमाडौंका लागि सामान लिएर आएका सवारी चालकले भने सरकारको अव्यवस्थाले आफूहरु समस्यामा परेको बताएका छन् । केही दिन अघि नै लोड गरेर काठमाडौंका लागि छुटेका सवारी नाकामा रोकिनु वा फिर्ता पठाउनु दुखद भएको उनीहरुको गुनासो छ ।

हेर्नुहोस् नागढुंगा नाकामा देखिएको दृश्य

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका