‘वार’ पछि फेरि थ्रीलर फिल्ममा देखिँदै ऋतिक | Khabarhub Khabarhub

‘वार’ पछि फेरि थ्रीलर फिल्ममा देखिँदै ऋतिक


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय फिल्मस्टार ऋतिक रोशनको पछिल्लो फिल्म ‘वार’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्मले भारतमा मात्र ३ सय करोडभन्दा बढी कमाइ गरेको थियो ।

यो फिल्म ऋतिकको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको थियो । फिल्मको निर्माण यशराज फिल्मसले गरेको थियो ।

यतिबेला यशराज फिल्मस र ऋतिक रोशनले पुनः अर्को फिल्ममा काम गर्न थालेको चर्चा चलेको छ । भारतीय मिडियाका अनुसार ऋतिक र यशराज फिल्मसबीच नयाँ फिल्मका लागि कुराकानी भइरहेको छ ।

यो फिल्म पनि थ्रीलर हुने र सिद्धार्थ मल्होत्राले नै निर्देशन गर्ने जनाइएको छ । यो एक ठूलो बजेटको फिल्म हुनेछ ।

खबरका अनुसार फिल्ममा ऋतिकसँगै अर्का कुनै अभिनेता पनि रहने जनाइएको छ । यद्यपि फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०