ठाउँठाउँमा सामान्य वर्षा,  विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

ठाउँठाउँमा सामान्य वर्षा,  विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ ।

भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरु भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा रातिसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको पूर्वानुमान गर्दै महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी शनिबारसम्म नै देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिसम्म नै वर्षाको सम्भावना रहेको विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन