बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा | Khabarhub Khabarhub

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो ।

स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।

खेलको १८औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अगस्ट २४ मा खेल्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ५६ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन