खासाको ‘केरुङ च्छो’ ताल भरियो, भोटेकोशीमा बाढीको खतरा | Khabarhub Khabarhub

खासाको ‘केरुङ च्छो’ ताल भरियो, भोटेकोशीमा बाढीको खतरा

नदी किनाराका बासिन्दालाई सचेत रहन अनुरोध


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको बर्षाका कारण भोटेकोशी नदीमा बाढीको खतरा रहेको भन्दै नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको जनाएको हो ।

ठूलो पानी परिरहेकाले पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उक्त जानरी प्राप्त भएसँगै जिल्ला विपद व्यवस्थापन समितिले नदी किनाराका बासिन्दालाई सचेतना अपनाउन अनुरोध गरेका छ ।

पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने खतरा बढेको प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

प्रशासनले जारी गरेको सूचना

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ०१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय