मुसलधारे वर्षाका कारण कोइलाडीका ३ सय घर डुबानमा | Khabarhub Khabarhub

मुसलधारे वर्षाका कारण कोइलाडीका ३ सय घर डुबानमा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज – दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब २०० घरमा पानी पसेको छ ।

त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वी तटबन्धको स्परमा कटानसमेत शुरु भएको छ । सो ठाउँमा ५० मिटरभन्दा बढी नदीको स्पर कटान गरेको जनाइएको छ ।

यसैबीच वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रण गर्ने काम शुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रणको काम तीव्रगतिमा भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पुर्‍याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोही नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।

यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदीलगायत आधा दर्जन नदीमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानीसमेत पसेको जनाइएको छ ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरभित्रै पनि पानीको उचित निकास नभएकाले घरमा पानी पसेको स्थानीयवासीले जनाएको छ । हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेका छन् ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबगाढा बस्तीमा सप्तकोशी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । लगातार वर्षाले सयौँ बिगाहा धानबालीसमेत डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगरलगायतका ग्रामीण भेकमा किसानले रापेको धानबाली डुबानमा परेको किसानहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ५० बजे

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए