नारायणी नदीले खतराको तह छोयो, उच्च सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

नारायणी नदीले खतराको तह छोयो, उच्च सतर्कता अपनाउन आग्रह


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा नारायणी नदीको जल सतहले सतर्कता बिन्दु पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन आह्वान गरिएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रले अविरल बर्षाका कारण नदीले सतर्कता तह पार जनाएको छ । ७ दशमलव ३ मिटर सतर्कता तह रहेको नारायणी नदीमा अहिले जलस्तर बढेर ८ दशमलब ४ मिटर पुगेको मापन केन्द्रले जनाएको छ ।

जलसतह ८ मिटर पुगेपछि खतराको तह मानिन्छ । स्थानीय प्रशासनले पानीको सतह अझै बढ्न सक्ने भन्दै चितवन र नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०