डाक्टरमा कोरोना पुष्टि भएपछि गल्याङ नगर अस्पताल बन्द | Khabarhub Khabarhub

डाक्टरमा कोरोना पुष्टि भएपछि गल्याङ नगर अस्पताल बन्द


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा : गल्याङ नगर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण देखिएको छ। चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका सबै सेवाहरु बन्द गरिएका छन्।

अस्पतालको आइसोलेसनका संक्रमितको उपचारमा खटिएका डाक्टर नै कोरोना संक्रमित भएका हुन्। क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा अस्पतालका डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुष्टि भएसँगै उनलाई आइसोलेसनमा राखिएको छ।

आइशोलेसनमा रहेका संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगयत १९ जनाको पीसीआर परीक्षणका लागि पोखरा पठाइएकोमा डाक्टरमा मात्र कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनले भने, ‘कन्ट्रयाक ट्रेसिङका तयारीमा जुटेका छौं।’

डाक्टरमा नै संक्रमण पुष्टि भएको खबरले समुदायमा फैलने डर स्थानीयको छ। डाक्टरले गल्याङ अस्पतालसहित क्लिनिकमा समेत स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ। योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १ सय ९८ जना पुगेको छ। अहिलेसम्म १ सय ८५ जना कोरोना निको भएर घर फर्केका छन् भने १३ जना विभिन्न आइसोलेसनमा उपचाररत छन्। २ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार भिरकोट स्थित कालिका सामुदायिक अस्पतालमा ५ जना, वालिङ स्थित कुँवर समाजघरमा ५ जना, पुतलीबजार स्थित करेण्डाँडामा १, चापाकोटमा १ र गल्याङमा १ जना संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ४७ बजे

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत