सरिता गिरीलाई कारबाहीको माग राख्दै प्रसाईले दिए जाहेरी | Khabarhub Khabarhub

सरिता गिरीलाई कारबाहीको माग राख्दै प्रसाईले दिए जाहेरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको राष्ट्रियता र स्वाधिनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कानून बमोजिम कारबाहीको  माग राख्दै रमेश प्रसाईंले प्रहरीमा जाहेरी दिएका छन् ।

महानगरीय प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गराएको उनले बताएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रसाईले सांसद गिरीमाथि कारबाहीको माग राख्दै जाहेरी दर्ता गराएको बताएका हुन् ।

रमेश प्रसाईले मात्रै दर्ता गराएको जाहेरी वा मुद्दा नभएर नेपालका सम्पूर्ण राष्ट्रभक्त नेपालीहरुले दर्ता गराएको मुद्दा भएको समेत उनले तर्क गरे ।

उनले सांसद गिरीलाई कानून बमोजिम दण्डित गरिनुपर्ने बताएका छन् । आफूहरुले दिएको जाहेरीउपर सही सुनुवाई नभए १५ दिनपछि जाहेरी लिएर अदालत जाने समेत बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले लकडाउनमा निकै दुःख कष्ट व्यहोर्दै काठमाडौं आइपुगेको समेत बताए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन