होम क्वारेन्टिनमा मृत्युभएका गुल्मीका ६९ वर्षे पुरुषमा पनि कोरोना पुष्टि | Khabarhub Khabarhub

होम क्वारेन्टिनमा मृत्युभएका गुल्मीका ६९ वर्षे पुरुषमा पनि कोरोना पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होम क्वारेन्टिनमा मृत्यृ भएका गुल्मीका ६९ वर्षे पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट–५ मैनडाँडाका उनको बिहीबार राति ज्यान गएको थियो ।

उपचार गर्न भारत गएका उनी जेठ २५ गते घर फर्किएका थिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मृत्यु भएका ६९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि गर्दै उनको शव व्यवस्थापनमा खटिने र नजिक हुने स्थानीयको कन्ट्याक ट्रेसिङ शुरू गर्ने बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो। पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गर्न बाँकी छ । गुल्मीमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसअघि बिहीबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो।

सेती प्रादेशिक अस्पतालमा मृत्यु भएका कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी बिहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो ।

यसअघि नेपालमा कोरोनाबाट सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला गरी २० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ५७ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न