कोरोना संक्रमण रोकथामका लागि भन्दै होमियोप्याथिक औषधि वितरण | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि भन्दै होमियोप्याथिक औषधि वितरण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय मारवाडी परि.,ष0द, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस नियन्त्रणमा सहयोगीसिद्ध ठानिएको होमियोप्याथिक औषधि निःशुल्क वितरण थालिएको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारले नेपालमा कोभिड–१९ को होमियोप्याथिक उपचार पद्धतिको समेत प्रोटोकल तयार पारेपछि सरकारको प्रोटोकल अनुसार होमियोप्याथिक औषधि कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई नै वितरण गरिएको जानकारी दिएका हुन् ।

उनले आम नागरिकलाई पनि उपलब्ध गराउने तयारी अगाडि बढाइएको पनि बताए । पहिलो चरणमा २ लाख परिवारलाई निःशुल्क वितरण गरिने ‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्न सकिने अध्यक्ष मितलले बताए ।

होमियोप्याथिक औषधि कोरोना भाइरस रोकथाममा निकै प्रभावशाली हुने विश्वास पनि अध्यक्ष मितलको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०