२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो | Khabarhub Khabarhub

२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७, २०, २८, ३०, ४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् ।

यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् ।

यस्तै कपिलवस्तुमा १३ जना थप संक्रमित छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुषहरु विजयनगरको क्वारेन्टाइमा रहेका छन् भने महाराजगंज गाउँपालिकामा ३ ,४ र ५ वर्षीया बालिका, १६ वर्षीया युवती र २५ र ३२ वर्षीया महिला रहेका छन्।

यस्तै १२ वर्षीया बालक, २०, २४ र ३४ वर्षीया पुरुष रहेका छन् । यस्तै नवलपरासीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको संक्रमण सातै प्रदेशमा

गत सोमबार दैलेखका एक जनामा कोरोना संक्रमण देखिएसँगै सातै प्रदेशमा कोरोना फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका प्रदेशमा कोरोना संक्रमणको पुष्टि भइसकेको थियो ।

कर्णाली प्रदेशको दैलेखका एक जनामा  कोरोना पुष्टि भएपछि सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको हो । सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

३८० जना आइसोलेसनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आइसोलेसनमा कुल ३८० जना रहेको जनाएको छ ।

बुधबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले सम्भावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार हालसम्म २३,२०२जना क्वारेन्टाईनमा छन् ।

कोरोना संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखि हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।

कुल ३८ जिल्लामा संक्रमण फैलियो

नेपालका कुल ३८ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालका ७७ मध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।

कति भयो परीक्षण ?

नेपालमा पीसीआर विधिबाट हालसम्म ३५ हजार ४९४ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट ७५ हजार ०७२ जनाको परीक्षण गरिएको छ ।  पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५ हजार ६७ जनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ । हालसम्म २ जनाको मृत्यु भएको र ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०