कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ५७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख १ हजार ९७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४४३ जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५७४ जनाको मृत्यु भएको छ ।

१८ लाख १५ हजार ४३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६५७ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ९२४ जनाको ज्यान गएको छ भने ९३ हजार २२८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६७५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् भने २ हजार ८३७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ४३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न