भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा गएको २४ घन्टायता एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १७ हजार ६ सय नाघेको छ ।

सोमबारको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार ६१५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ८५४  जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १४ हजार २ सय भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५५९ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ४७८ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी भारतको तमिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ । ।

मध्यप्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

तेलंगना सरकारले लकडाउनको अवधि थप्यो

यसैबीच भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।

त्यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पुर्‍याइएको समाचारमा जनाइएको छ ।

तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिएका छन् । उनका अनुसार अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् ।

मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिए ।

सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत बृद्धि गरेको पनि जनाएको छ ।

उनीहरुले यस्तो विषम परिस्थितिमा पनि जोखिममा काम गर्नुपर्ने अवस्था रहेकोले उनीहरुको तलबमा बृद्धि गरिएको बताइएको छ ।

यो राज्यमा मात्र कोरोना संक्रमित ८५८ जना भेटिएका छन् । तीमध्ये १८६ जना निको भएर घर फर्किएका छन् भने २१ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०२ बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु