लकडाउनका बेला मोरङमा बढ्यो मदिराको तस्करी | Khabarhub Khabarhub

लकडाउनका बेला मोरङमा बढ्यो मदिराको तस्करी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका बेला प्रहरीले अवैध रुपमा ओसारपसार भइरहेको मदिरा बरामद गरेको छ ।

प्रहरीले मोरङको रतुवामाई नगरपालिका–४ बाट १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद गरेको छ । २ वटा साइकलबाट अवैध रुपमा ओसारपसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मदिरा ओसारपसार गर्ने साइकल चालक भने प्रहरीलाई देख्नेवित्तिकै भागेका थिए ।

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एकजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ । आइतबार दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई तीन महिना कैदबापत २७ हजार र थप जरिवाना रु १५ हजार गरी रु ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

यस्तै मोरङमा लकडाउन उल्लङ्घन गर्ने २ हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिइकामा २ हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लङ्घन गर्ने क्रममा पक्राउ परी ती सबैलाई छाडिसकेको नायब उपरीक्षक राईले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ३६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न