बुधवारसम्म हावाहुरीसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

बुधवारसम्म हावाहुरीसहित पानी पर्ने सम्भावना


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी तीन दिन मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा अहिले स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।

हाल देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहेको महाशाखाले जनाएको छ ।

कस्तो होला आगामी तीन दिनको मौसम ?

बैशाख ८ गते (सोमबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ४२ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको