प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन शुरु | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन शुरु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नाममा सम्बोधन शुरु भएको छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।

कोरोनाभाइरस संक्रमणको जोखिम तथा न्यूनीकरणका विषयमा सम्बोधन थालेका हुन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै संक्रमण रोक्न नेपालले विभिन्न गतिविधि गरिरहेको छ । सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा जम्मा नहुन निर्देशन दिइसकेको छ भने विभिन्न शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । लोकसेवा आयोग लगायतका परीक्षाहरु पनि स्थगित गरिएका छन् । सरकारले ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०८ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना