यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने २३ जना पक्राउ | Khabarhub Khabarhub

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने २३ जना पक्राउ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यात्रुसँग बढी भाडा लिएको भन्दै प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाबाट बहिरिने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएपछि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण बाहिरिने क्रम बढेको छ । चार दिनमा साढे ३ लाख मानिस काठमाडौंबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ५७ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको