स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका सहसचिव र विभागीय प्रमुखहरुलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आज स्वास्थ्य मन्त्रालय मातहतका विभाग, महाशाखा, तथा अस्पतालहरुलाई पत्राचार गर्दै बिदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

विश्वभर कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिएकाले नेपालमा रोगको संक्रमण रोक्ने स्वास्थ्य क्षेत्रका कर्मचारी आवश्यक पर्ने भएकाले विदामा नबस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका भित्र रहेका आफ्नो मातहतका विभाग र कार्यालयमा कार्यरत सहसचिव स्तरका कर्मचारी र विभागिय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयामा उपस्थित भइ काम गर्न निर्देशन दिएको छ ।

यस्तै उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तो छ मन्त्रालयको निर्देशन पत्र

 

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ५२ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न