कोरोना प्रभाव: अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकन स्थगित | Khabarhub Khabarhub

कोरोना प्रभाव: अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकन स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने भयले फिल्मको छायांकन स्थगित गरिएको हो ।

सरकारले नै २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेपछि फिल्मको छायांकन प्रभावित भएको हो ।

निर्देशक झरना थापाले फिल्मको छायांकन केही दिनका लागि स्थगित गरिएको जानकारी दिइन् ।

‘मानवलाई नै चुनौती बनिरहेको कोभिड १९ बाट बच्न, शतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ, यसबाट कलाकार प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सबै सजग छौं,’ झरनाको भनाइ छ ।

ललितपुरमा छायांकन भइरहेको यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

झरना थापाले निर्देशन गरिरहेको यो फिल्मका निर्माता सुनील कुमार थापा हुन् । फिल्म अर्को वर्षको दशैंमा प्रदर्शन गरिने भनिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : २० बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि