७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल आजबाट सञ्चालनमा आउने (फोटो फिचर) | Khabarhub Khabarhub

७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल आजबाट सञ्चालनमा आउने (फोटो फिचर)


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरस संक्रमितका लागि भरतपुरमा अस्थायी अस्पताल निर्माण गरिएको छ । भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबार (आज) बाट सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भएको अस्पतालमा ५० शय्याको क्षमता रहेको छ । विशेष अस्थायी अस्पतालमा आजैबाटै ओपोडी सेवा सञ्चालन हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

‘७० शय्याको अस्पताल निर्माण गर्ने तयारी रहेको छ’ प्रमुख दाहालले भनिन्,’अहिलेलाई ओपीडी सेवा हुने छ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिइने छ ।’

अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उनले बताइन् । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।

महानगरपालिका प्रमुख दाहालको संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शय्या ल्याइएको जानकारी दिए ।

डाक्टर अधिकारीले भने,’प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शय्या क्षमताको निर्माण भएको छ त्यसपछि आवश्यकताको आधारमा थपिँदै जाने योजना रहेको छ ।’

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।

विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उनले बताइन् । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।

महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणलाई रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो ।

७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ४३ बजे

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा