कञ्चनपुरमा हुलहुज्जत गर्ने १६ जना पक्राउ | Khabarhub Khabarhub

कञ्चनपुरमा हुलहुज्जत गर्ने १६ जना पक्राउ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा हुलहुज्जत गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित बनेका स्थानीयबासीले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १३ जना महिला र ३ जना पुरुष छन् । उनिहरुलाई प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको नगरी छाडिएको भन्दै स्थानीयबासी हुलहुज्जतमा उत्रिएका थिए ।

महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएपछि आत्महत्या दुरुत्साहन भन्दै स्थानीयबासी उनकै आमा सुशीला थापालाई कारबाहीको मागसहित विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ४३ बजे

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल