ओलीको घरबाट बाँस्कोटाको भने: नैतिकताको आधारमा राजीनामा दिएँ | Khabarhub Khabarhub

ओलीको घरबाट बाँस्कोटाको भने: नैतिकताको आधारमा राजीनामा दिएँ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओली निवासमा भेला भएका पार्टी कार्यकर्तासंग आफूले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।

बाँस्कोटाले बालकाेटस्थित निवास पुगेर नैतिकताका आधारमा राजीनामा दिएको शुभेच्छुकहरूमाझ दाेहाेर्‍याएका हुन।

बाँस्कोटाको भनाइलाई उद्धृत गर्दै प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्- “जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएकाे हो । यसमा पिर मान्नु पर्दैन । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएकाे छु ।”

उनले यसमा अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएर बालकोट स्थित निवास छोडेर बालुवाटार गएपछि बास्कोटा ओलीको घरमै बस्दै आएक छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : २४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न