१२ किलो चरेशसहित एक जना पक्राउ | Khabarhub Khabarhub

१२ किलो चरेशसहित एक जना पक्राउ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ ।

प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : ०२ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि