स्वीस दूतावासले भन्यो– विजयप्रकाश मिश्र हाम्रो एजेण्ट होइनन् | Khabarhub Khabarhub

स्वीस दूतावासले भन्यो– विजयप्रकाश मिश्र हाम्रो एजेण्ट होइनन्


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित स्वीजरल्याण्ड दूतावासले सेक्युरिटी प्रेस स्थापनाका लागि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको प्रकरणमा आफूहरुको कुनै सम्बन्ध नभएको जनाएको छ ।

सञ्चारमन्त्री बाँस्कोटा र आफूलाई स्वीजरल्याण्डको केबीए–नोटासिसका प्रतिनिधि बताउने विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मिश्रले सेक्युरिटी प्रेस खरिदको विषयमा स्वीस दूतावामा छलफल भएको बताएका छन् ।

तर, नेपालस्थित स्वीस दूतावासले भने नेपालमा आफ्नो देशको कुनै त्यस्तो एजेण्ट नभएको पनि प्रस्ट पारेको छ ।

दूतावासले बिहीबार एक विज्ञप्ती जारी गर्दै समाचारमा उल्लेखित विषयसँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : १८ बजे

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट