संचारमन्त्रीले आफूहरुमाथि अपशब्द प्रयोग गरेको भन्दै कर्मचारीको आपत्ति | Khabarhub Khabarhub

संचारमन्त्रीले आफूहरुमाथि अपशब्द प्रयोग गरेको भन्दै कर्मचारीको आपत्ति


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कमिसन डिल गरेको भनिएको अडियोमा कर्मचारीमाथि अश्लील शव्द प्रयोग गरेको प्रति कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)ले विहीवार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको अपशब्दप्रति आपत्ति जनाए

‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समिति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ ।

‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। यो कारवाही योग्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  २ : ५४ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति