सञ्चारमाध्यम एक आँखे भए - मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

सञ्चारमाध्यम एक आँखे भए – मन्त्री बाँस्कोटा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममाथि व्यंग्य प्रहार गर्दै अहिले मिडिया एक आँखे भएको आरोप लगाएका छन् ।

गोरखापत्र प्रकाशनले कोहलपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ’, उनले भने, ‘तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।’

मन्त्री बाँस्कोटाले भने, ‘मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै अब मिडिया यति सवल हुँदैछ कि वास्तविक रुपमा हामीले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएका छौँ, विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छौं, अगाडि बढाएका छौँ ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताएका छन् ।

उनले कडा कारबाही गर्ने दाबी गरिरहँदा ७० करोडको घुसका विषयमा गरिएको मन्त्री बाँस्कोटाकै अडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ५४ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती