जर्मनीको हनाउमा गोली हानी ८ जनाको हत्या | Khabarhub Khabarhub

जर्मनीको हनाउमा गोली हानी ८ जनाको हत्या


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको पश्चिमी शहर हनाउस्थित शीशा बारमा भएको अन्धाधुन्ध गोली प्रहारबाट आठ व्यक्तिको हत्या भएको छ ।

गोली प्रहारबाट अन्य ५ जना गम्भीर घाइते भएका छन । स्थानीय समय अनुसार राति १० बजेतिर भएको घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको बारमा पहिलो गोली चलेको केही समयमै हनाउ शहरकै केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको थियो ।

पहिलो गोली काण्डमा तीन जनाको मृत्यु भएको थियो भने दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ठूलो संख्यामा रहेको संदिग्धहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएकाले खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजिका लागि हेलिकप्टरमार्फत पनि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन