सुर्खेतमा 'स्मार्ट लाइसेन्स' वितरण शुरु | Khabarhub Khabarhub

सुर्खेतमा ‘स्मार्ट लाइसेन्स’ वितरण शुरु


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- यातायात व्यवस्था कार्यालय सुर्खेतले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए ।

“यातायात क्षेत्र अति संवेदनशील जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्”, उनले भने, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँं ।”

उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उनले चेतावनी दिए ।
उनले भने, “कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ ।”

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून निर्माण गरिने मुख्यमन्त्री शाहीले बताए । अहिले डोजर पुगेका ठाउँमा गाडी लैजाने काम रोक्ने उल्लेख गर्दै उनले भने, “यो क्षेत्रमा कसैको जीवनसँग खेलवाड नहुनेगरी सडकको मापदण्ड हेरेर मात्र सवारी सञ्चालन अनुमति दिन्छौं ।”

अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी अनियमितता भएको भन्दै उनले यातायात क्षेत्र अख्तियारको निगरानीमा रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीवासीले नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन तथा कार्यविधि बनाएर कार्यान्वयनमा लैजान सुझाव दिएका थिए ।

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख आनन्द चौलागाईंले एकाई कार्यालयबाट शुरु गरिएको कार्यालय गत असोज ६ गतेदेखि सेवा कार्यालयबाट व्यवस्था कार्यालयमा रुपान्तरण भएको जानकारी दिए ।

उनका अनुसार गत आवमा रु नौ करोड ७१ लाख राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयले चालु आवको पुससम्म रु छ करोड ४६ लाख राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ३० बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको