पूर्वराजा शाहबाट गुरुङको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

पूर्वराजा शाहबाट गुरुङको निधनप्रति दुःख व्यक्त



काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राजपरिषद् स्थायी समितिका सदस्य प्रा. गणेश बहादुर गुरुङको निधनमा दुःख व्यक्त गरेका छन् ।

पूर्व राजा शाहले स्वर्गीय गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । प्राध्यापक समेत रहेका गुरुङको सोमबार निधन भएको हो ।

उनी पोखरास्थित पृथ्वी नारायण क्याम्पसको क्याम्पस प्रमुख बनेका थिए । वि. सं. २०३८ सालदेखि २०४७ सालसम्म उनले क्याम्पस प्रमुखको भूमिकामा रहेका काम गरेका थिए ।


भर्खर

0