वास्तुशास्त्रः मयुरको प्वाँख घरमा राख्नाले हुन्छ यस्तो फलिफाप | Khabarhub Khabarhub

वास्तुशास्त्रः मयुरको प्वाँख घरमा राख्नाले हुन्छ यस्तो फलिफाप


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो ।

मयुरको प्वाँख राख्नाले सौभाग्य ल्याउने धार्मिक विश्वास छ । वास्तुशास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्दा हुने फाइदाहरु धेरै छन् । जुन विषयमा यहाँ चर्चा गरिएको छ ।

यदी कुनै जरुरी काम पूरा हुँदाहुँदै रोकिएको छ भने आफ्नो बेडरुमको पूर्वीदक्षिण दिशामा मयुरको प्वाँख राख्नुहोस् । यसले रोकिएको काम पुरा हुनेछ ।

यदि तपाईको पैसा कहीँ अड्किएको छ अर्थात तपाईले ऋण दिएर उक्त ऋण उठेको छैन भने पनि मयुरको प्वाँख घरमा राख्नले ऋण उठ्ने विश्वास गरिन्छ ।

त्यस्तै घर अथवा पसलको दक्षिण–पूर्वी दिशामा प्वाँख राख्नाले घरबाट नकारात्मकता दोषहरु निवारण हुन्छन् ।

घरको मुख्य द्वारमा तीन वटा मयुर प्वाँख स्थापित गर्नाल, घरको वास्तुदोष निवारण हुन्छ

जो व्यक्तिले सधैं आफूसँग मयुरको प्वाँख राख्ने गर्छ, उसलाई हरेक काममा सफलता मिल्ने विश्वास गरिन्छ । किताब तथा डायरीमामयुर प्वाँख राख्नाले शुभ हुनेछ ।

कुनै पनि शुभ दिनमा मयुर प्वाँख घरको यस्तो ठाउँमा राख्नुहोस्, जहाँ आउने जाने मान्छे सबैले देखुन् । यसले घरमा वैभवता छाउँछ भने घरमा हुने कलह रोकिन्छ । घरभित्र उत्पन्न हुने नराम्रा भावना निवारण हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन