पशुपतिनाथ मन्दिर क्षेत्रका पसल तथा टहरा हटाउन कोषले दियो पुनः निर्देशन | Khabarhub Khabarhub

पशुपतिनाथ मन्दिर क्षेत्रका पसल तथा टहरा हटाउन कोषले दियो पुनः निर्देशन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र बनाइएका अव्यवस्थित टहरा तथा फूल–मालाका पसलहरु हटाउन पुनः निर्देशन दिएको छ ।

कोषले मापदण्ड विपरित सडकमा हिड्नै असर पर्नेगरी राखिएका टहरा हटाउन दोस्रो पटक निर्देशन दिएको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालले खबरहबसँग कुरा गर्दै भने, ‘कोषले एकसाताभित्र हटाउन लागि माघ १ गते सूचना प्रकाशन गरेको थियो । यो अवधिसम्म पनि खाली नभएपछि पुनः आज अर्को सूचना जारी गरेको हो ।’

ढकालकाअनुसार सडक व्यवस्थापनका लागि हटाउनुपर्ने टहराहरु २ सयको हाराहारीमा रहेका छन् । कोषको निर्देशन पछि केही व्यापारीहरुले सामान सार्न थालेको उनले जानकारी दिए ।

यहाँबाट हटाइएकाहरुलाई प्राथमिकताका आधारमा वनकालीमा राखिने उनले जानकारी दिए । कोषले ७० वटासम्म पसल राख्न मिल्ने गरी वनगणेशमा (वनकाली)मा व्यवस्था गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ५३ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश