सभामुख निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा बैठक स्थगित | Khabarhub Khabarhub

सभामुख निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा बैठक स्थगित


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो ।

बैठकको अध्यक्षता गरेका ठाकुरले शुरुमा उपसभामुख शिबमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

त्यसपछि उनले माघ १२ गते सभामुख पदको निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गर्न संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई निर्देशन दिए ।

बैठकको अध्यक्षता गरेका ठाकुरले प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते दिनको ३ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : १८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६