सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी | Khabarhub Khabarhub

सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

जारी लिगमा सात खेल खेलेको सङ्कटाले दुई जित, तीन बराबरी र दुई हारसहित नौ अङ्क जोडेको छ । त्यसैगरी समान सात खेल नै खेलेको ब्रिगेड ब्वाइजले दुई जित, तीन हार र दुई बराबरीसहित आठ अङ्क जोडेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ४६ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार