गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन



रसुवा–रसुवाको गोसाइँकुण्ड पदयात्रामा गएका तीन जना पर्यटक हिमपातका कारण तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका दुई जना साथी सम्पर्कविहीन भएका हुन् । उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

शुक्रबारसम्म सम्पर्कमा रहेका उनीहरुले परिवारका सदस्यलाई फेदी भन्ने स्थानमा बसेको र लगातार हिउँ परिरहेको जानकारी गराएका थिए ।

खोजीका लागि शनिबार र आइतवार दुई वटा हेलिकोप्टर परिचालन गरिएको भएपनि उनीहरुको अवस्थाबारे जानकारी प्राप्त नभएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


भर्खर

0