यो हो संसारकै सबैभन्दा ठूलो फूल | Khabarhub Khabarhub

यो हो संसारकै सबैभन्दा ठूलो फूल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू परम्परा अनुसार पूजाआजामा फूलको प्रयोग अनिवार्य छ । देविदेवतालाई प्रसन्न पार्न, घर सजाउन वा कसैलाई उपहार दिन पनि फूल प्रयोग हुन्छ ।

तर यी फूलहरु सामान्य आकारका हुन्छन् । सामान्यता हामीले प्रयोग गर्ने फूलको आकार ५?६ इन्चको हुने गरेको छ । तर कुनै फूल ४ फुटको हुन्छ भन्दा पत्याउनु हुन्छ । इन्डोनेसियाको एक जंगलमा करीब ४ फुट बराबरको फूल भेटिएको छ ।

इन्डोनेसियाको पश्चिम मध्य सुमात्रा जंगलमा पाइने एक फूल विश्वको सबैभन्दा ठुलो फूल साबित भएको छ । उक्त फूलले विश्वको सबैभन्दा ठुलो फूलको मान्यता पाएको छ ।

यो फूल चार वर्ग फीट मा फैलिएको छ । यस फूलको नाम रेफलिसिया हो । यस अघि प्राप्त भएको विश्वको सबैभन्दा ठुलो फूल पनि रेफलिसिया थियो । जसको रेकर्ड यस फूलले तोडेको हो ।

स्न २०१७ मा यहि जंगलमा भेटिएको करीब ३ फीट र १२ केजी वजनको फूल नै विश्वको सबैभन्दा ठुलो फूल साबित भएको थियो । जसको रेकर्ड यस फूलले तोडेको हो । रेफलिसिया एक परजीवी बिरुवा हो, यसको अत्यन्तै गन्ध आउने गर्दछ । झट्ट हेर्दा सुर्यमुखि फूलको झै बनावट भएको यस फूल केसर र सेतो रंगको हुने गर्दछ । इन्डोनेसियाका स्थानीय यस फूलको दुर्गन्धको कारण लाशको फूल भन्दछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०