मौसमः पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो | Khabarhub Khabarhub

मौसमः पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

महाशाखाले देशको पूर्वी भू-भागमा सामान्य बदली रहेको र अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ६ गते (सोमबार)

दिउँसो : पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्क देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ७ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार)

दिउँसो : पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : २९ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको