वासिङ्टन डिसीमा मार्च ३१ सम्म लम्ब्याइयो स्वास्थ्य संकटकाल  | Khabarhub Khabarhub

वासिङ्टन डिसीमा मार्च ३१ सम्म लम्ब्याइयो स्वास्थ्य संकटकाल 


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्वब्याइएको छ ।

स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने ।

स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो ।

कोरोनाभाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : २६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न