ओली-दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा | Khabarhub Khabarhub

ओली-दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा छलफल भएको छ ।

शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

ओली खुमलटार पुगेको केहीसमयपछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । तीन नेताबीच खुमलटारमा छलफल सकिएलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि पुगेका छन् । त्यसलगत्तै दाहाल-नेपाल र गौतमबीच छलफल चलेको बताइएको छ ।

तीन जनाबीच केहीबेरको छलफलपछि गौतम पनि बाहरिएका छन् । उनी बाहिरिएपछि नेपाल र दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि शुक्रबारको दाहाल-नेपाल पक्षधरको पेरिसडाँडामा भएको भेलामा गौतम गएका थिएनन् ।

तर, आजको बैठकमा गौतमको सहभागितलाई अर्थपूर्ण रूपमा लिइएको छ । ओलीले आजको बैठकमा पनि सोही प्रस्ताव दोहोर्‍याएकाले दाहालले नेपाललाई पनि छलफलमा बोलाएको हुन सक्ने आकलन गरिएको छ । तर, यसबारे पुष्टि हुन सकेको छैन । दाहाल निकट स्रोतका अनुसार बैठकमा भएका कुराकानीबारे अहिलेसम्म केही खुलाइएको छैन ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला खुमलटारमा भएको नेताहरूको यो भेटले निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १२ : ५७ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की