पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनी पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेकी छिन ।

उनले छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेको बताएकी छिन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : १४ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०