पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजनाको ज्यान गएको हो ।

शर्माका अनुसार गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । ती वृद्धामा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बिहान मृत्यु भएको छ । उनमा कार्तिक २८ मा कोरोना देखिएको थियो ।

उनी निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित भएको अस्पतालले जनाएको छ ।

यस्तै फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोग पनि देखिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  २ : ५४ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार