रामायण : भगवान रामका सेनाले नगरेको काम लोखर्केले यसरी पूरा गरेको थियो ! « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

रामायण : भगवान रामका सेनाले नगरेको काम लोखर्केले यसरी पूरा गरेको थियो !



त्रेता युगमा भगवान् विष्णु श्रीरामचन्द्रको अवतारमा आउनुभयो । सो समय धर्मपत्नी देवी सीता जो माता लक्ष्मीको अवतार हुनुहुन्थ्यो । उहाँको अपहरण लंकापति रावणले गरेका थिए ।

तब श्रीरामचन्द्रले बाँदर सेनाको मद्दतबाट देवी सीतालाई मुक्त गर्नको लागि सेतुबंध निर्माण गराइ रहनुभएको थियो । श्रीरामचन्द्र पुलको निर्माणमा शक्तिशालि बाँदर विशाल पर्वतबाट ठुला ठुला पत्थर ल्याएर समुन्द्रमा हालि रहेका थिए । नल-नीलले त्यसलाई सजाएर डिजाइन बनाइरहेका थिए ।

यस प्रकार जब पुलको निर्माण भइरहेको थियो भगवान् श्रीरामचन्द्र लक्ष्मणसँग समुद्र किनारमा बसेर काम हेरिरहनुभएको थियो । यस क्रममा श्रीरामचन्द्रले सानो लोखर्के पानीमा आफ्नो शरिर भिजाएर बालुवामा लडिबडि गरेर बलुवाका कण आफ्नो शारीरमा टसाएर सेतुमा गएर आफ्नो शरीरबाट सबै बालुबा झार्दै गरेको देख्नुभयो |

उहाँ हेर्नुहुन्छ लोखर्केको भिजेको शरिरमा बालुका केही कण लाग्छ फेरी उ पुल निर्माणको स्थलमा पुग्छ जहाँ ठुला ठुला चट्टानको बिचमा गएर झार्छ ।

भगवान श्रीरामचन्द्रले पटक पटक लोखर्के सो क्रिया देखेपछि उहाँलाई उत्सुकता जाग्छ कि ‘यो सानो लोखर्के यहाँ के गरिरहेको छ ?’ यसमाथि भगवान् श्रीरामचन्द्रले लक्ष्मणसद्दग सोध्नुहुन्छ, ‘यो लोखर्के के गरि रहेको छ ?’ तब लक्ष्मणले भन्नुभयो,’यो खेलको आनन्द लिइरहेको छ ।’

श्रीरामचन्द्र मुस्कुराउदै हनुमानलाई बोलाउनुभयो र लोखर्केलाई लिएर आउन भन्नुभयो । हनुमानले लोखर्केलाई भगवान सामु उपस्थित गराउनुभयो ।

भगवान सो लोखर्केलाई सोध्नुहुन्छ, ‘तिमी के गरिरहेका छौ ? के तिमीलाई डर लाग्दैन यति ठुला ठुला पर्वत गिरिरहेको छ । बाँदरहरु हिडिरहेका छन् । यीनिहरुको पैतलाको तल दवियौ भने तिमीलाई हेर्ने पनि कोहि हुनेछैन।’

लोखर्के हात जोडेर निवेदन गर्छ,’ प्रभु ! यी बाँदर ठुला ठुला पत्थर नदिमा हाली रहेका छन् । तर पत्थरको बिचमा जुन दरार छ त्यसलाई कसैले भरि रहेको छैन । मलाई यो डर भयो कि जब प्रभु हिड्नुहुनेछ यो जुन दरार छ, प्वाल छ यस भित्र भगवानक खुट्टा नअड्कियोस । यसैले म बलुवा ल्याएर यीनिहरुमा भरि रहेको छु ।’

लोखर्के भन्छ,’ म यस सेतु बनाउन आफ्नो योगदान दिइरहेको छुँ । तर मलाई थाहा छैन म जस्तो सानो प्राणी यत्रो महान कार्य हेतु के गर्न सक्छु । तर प्रभु म पनि यस अधर्मको विरुद्ध धर्मको लडाईमा म आफ्नो योगदान दिन चहान्छु । मेरा यो कार्य आत्मसन्तुष्टिको लागि हो प्रभु! तर मलाई यस कुराको खेद अवश्य छ कि म सामर्थ्यवान एवं शक्तिशाली प्राणिहरुको भाति तपाईको सहयोग गर्न सकिरहेको छैन ।’

भगवान श्रीरामचन्द्र लोखर्केको कुरा सुनेर भाव विभोर हुनुभयो । भगवान श्रीरामचन्द्रले सो सानो लोखर्केलाई आफ्नो हत्केलामा बसाउनुभयो र उसको शरीरमा माया गर्दै हातले सुमसुमाउनुभयो । भगवान श्रीरामचन्द्रको स्पर्श पाएर लोखर्केको जीवन धन्य भयो ।

भगवान बडो प्रशन्न हुदैभन्नुभयो,’ हेर यो लोखर्के त्यो कार्य गरिरहेको छ जुन ठुला ठुला बाँदर पनि गरिरहेका छैनन । भगवानले लोखर्केको पिठमा हाल राख्नुभयो आज पनि भगवानको पिठमा भगवानको औलाको निशान रहेको किंवदन्ती छ ।

यस प्रकार साना भन्दा साना जनवारले पनि भगवानलाई सहयोग गरेका थिए । जनवारले गरेका यस्ता योगदानले हामीले पनि भगवानको सेवा गर्नुपर्छ भन्ने प्रेरणा दिन्छन् । चाहे त्यो सुक्ष्म रुपबाट होस वा विशाल रुपमा । हाम्रो जीवनको उद्देश्य एकै मात्र सेवामा लगाउनु पर्नेछ । जसबाट सारा संसारको उद्दार होस ।


भर्खर

0