त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरीको तयारी थालेको छ ।

गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो ।

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ ।

सङ्क्रमित परीक्षा ढिलो

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने व्यवस्था मिलाएको छ ।

सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिने जनाइएको छ ।

सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखिने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ०१ बजे

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा