प्रदेश १ सरकारलाई युएनडीपीद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

प्रदेश १ सरकारलाई युएनडीपीद्वारा स्वास्थ्य सामग्री सहयोग


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको हो ।

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत समग्री सहयोग गरेको हो ।

एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

मन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताउँदै प्राप्त सामग्रीले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०