'छक्का पञ्जा ४' पछि 'छ माया छपक्कै २' बन्ने | Khabarhub Khabarhub

‘छक्का पञ्जा ४’ पछि ‘छ माया छपक्कै २’ बन्ने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् ।

गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् ।

यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले लेखिरहेका छन् । यस्तै फिल्ममा निर्देशन पनि दीपेन्द्रकै रहने बताइएको छ ।

फिल्ममा दीपकराज गिरीको टिम भने रहनेछ । साथै गिरी टिमले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा ४’ पछि मात्र ‘छ माया छपक्कै २’ को काम थालिनेछ ।

यता रोहितले पनि अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्मको तयारी थालेका छन् । उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ४२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न