सेना नपुग्ने ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मा आफन्तलाई | Khabarhub Khabarhub

सेना नपुग्ने ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मा आफन्तलाई


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली सेनाको टोली नपुगेको ठाउँमा कोरोना भाइरस संक्रमितको शव परिवारका सदस्य आफैंले पनि व्यवस्थापन गर्न सक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोभिड-१९ संक्रमितको शव व्यवस्थापन परिवारका सदस्य आफैंले पनि गर्न सक्ने गरी नीति परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

‘कोभिड १९ को संक्रमण भइ घरकै आइसोलेसनमा मृत्यु भएमा गरिने व्यवस्थापनमा केही अलमल भएको छ। धेरै प्रश्‍न पनि उठेका छन्’, गौतमले भने, ‘धेरै धार्मिक समुदायले आफ्नै संस्कृति अनुसार दाहसंस्कार गर्न पाउनुपर्ने माग गरेका छन्। आफ्नो धर्म संस्कृति अनुसार व्यवस्थापन गर्न सक्नेलाई हामीले बाटो खोलिदिएका हौं। ‘

गौतमले मृत शरीरबाट कोरोना रोग सर्ने सम्भावना कम हुने बताए। तर पनि शव व्यवस्थापनमा उच्च साबधानी अपनाउन उनले आग्रह गरे ।

‘कोरोना थुकबाट सर्छ, मृतकले थुक निकाल्ने कुरा भएन। शरीरबाट निस्केको झोल पदार्थसँग सतर्क रहँदै शव व्यवस्थापन गर्न सकिन्छ। तर मास्क र पञ्‍जाको व्यवस्था अनिवार्य हुनुपर्छ’, उनले भने ।

हाल नेपाली सेनाले गरिरहेको शव व्यवस्थापन कार्य पनि निरन्तर रहने उनको भनाइ थियो । नेपाली सेना नपुगेको अवस्थामा तथा परिवारले आफैं दाहसंस्कार गर्छु भनेको खण्डमा मात्र उनीहरुलाई जिम्मा दिइने उनले बताए ।

उनले भने, ‘सरकारले शव व्यवस्थापन गर्दैन भन्‍ने कुरा हल्ला मात्रै हो।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ५ : ४२ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक