टीभीएसले खोल्यो एकै पटक १२ शोरुम | Khabarhub Khabarhub

टीभीएसले खोल्यो एकै पटक १२ शोरुम


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकालागि टीभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालीको महान चाड बडादशैँको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम थपिएका छन् । यी शोरुमसहित अब देशभरमा टीभीएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँ शोरुम सञ्चालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘आजबाट टीभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टीभीएसको प्रोडक्ट पूगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिश्वस्त लागेको छ । अब ‘एक घर एक टीभीएस‘ मात्रहोइन ‘एक व्यक्ति एक टीभीएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँशोरुमले अझ मद्दत पूर्याउने छ ।’

अहिले टीभीएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४८ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ