केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली | Khabarhub Khabarhub

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्ने भएको छ ।

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन ।

वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नता लाई कम गर्न मद्दत पुर्याउँनेछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोग सँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ ।

केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिएका छन् । “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।”

त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक श्री दिलीप अग्रवालले भने, हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । “सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने” हाम्रो संस्थाको मुल्य र मान्यता सँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौँ ।

दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् ।

दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ३१ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न