एस्टन भिल्लासँग लेस्टर सिटी पराजित | Khabarhub Khabarhub

एस्टन भिल्लासँग लेस्टर सिटी पराजित


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग घरेलु मैदानमै लेस्टर सिटी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा लेस्टर एस्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

खेलको इन्जुरी समयमा रोस बार्क्लीले निर्णायक गोल गरेपछि लेस्टर घरेलु मैदानमा स्तब्ध भएको हो ।

जोनको पासमा बार्क्लीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरेका थिए ।

चोटका कारण जेमी भार्डीबिना मैदान उत्रिएको लेस्टरले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न सकेनन् ।

लेस्टरलाई हराएसँगै एस्टनले लिगमा अपराजित यात्रा कायम राख्दै चौंथो जित निकालेको छ । ४ खेलमा १२ अंक जोडेको एस्टन दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०१ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको